• १३ साउन २०८१, आइतबार

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

blog

कवीन्द्र नेपाल
मणिग्राम (रुपन्देही), जेठ ९ गते ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गर्नुभएको छ । नगरप्रमुख पाण्डेयले सोमबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो ।

त्यस्तै, दिउँसो नगरपालिकामा आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित उपप्रमुखसहित वडाअध्यक्ष सदस्यहरुलाई नगरप्रमुख पाण्डेलेले शपथ ग्रहण गराउनुभएको थियो ।

यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्यलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र नगरपालिकाका कर्मचारीको सहभागिता थियो ।