• १३ असोज २०८१, आइतबार

तनहुँमा पालिका प्रमुख तथा अध्यक्षहरुले लिए शपथ

blog

अमरराज नहर्की
तनहुँ, जेठ ६ गते ।
तनहुँका आठ पालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

तनहुँको दश स्थानीय तहमध्ये मतगणना जारी रहेको व्यास नगरपालिका र भानु नगरपालिकाबाहेक पालिकाका प्रमुखले सपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको हो । तनहुँको गाउँपालिकाहरु देवघाट, घिरिङ, आँबुखैरेनी, म्याग्दे, ऋषिङ र बन्दीपुर गाउँपालिका र नगरपालिकाहरु भिमाद, शुक्लागण्डकीका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हरिश्चन्द« ढुङ्गानाले नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई शुक्रबार सपथ ग्रहण गर्नुभयो । जनताले सुशासन र समृद्धि चाहेको सोही अनुसारको कार्य गर्न न्यायाधीश ढुङ्गानाले आग्रह गर्नुभयो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा निर्वाचन नेपाली काँग्रेसका कृष्णराज पण्डित,  भिमाद नगरपालिका प्रमुखमा निर्वाचित एमालेका दधिराज सुवेदी, म्याग्दे गाउँपालिका अध्यक्षमा निर्वाचित एमालेका श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित एमालेका होमबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द«का शुक्र चुमान र बन्दीपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित सुरेन्द थापाले मुख्य निर्वाचन अधिकृत सामु शपथ ग्रहण गर्नुभएको हो । प्रमुख तथा अध्यक्ष उपप्रमुख तथा उपाध्यक्षलगायतका जनप्रतिनिधिलाई शपथ गराउनेछन् ।