• ११ पुस २०८१, बिहिबार

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा भुसाल निर्वाचित

blog

नवनिर्वाचित अध्यक्ष डिलाराम भुसाल। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), मङ्सिर  २९ गते। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित हुनुभएको छ। भुसालले ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन संयोजक सरोज खनालले बताउनुभयो।

उहाँको प्रतिस्पर्धी पार्वती पाण्डेले ३९ मत प्राप्त गर्नुभएको थियो। त्यस्तै उपाध्यक्षमा खगप्रसाद चपाई शर्मा, सचिवमा सनिउल्लाह धोवी, सहसचिवमा कृष्णप्रसाद पौडेल ३८ र पिताम्बर घिमिरेले ३८ मत प्राप्त गरी बराबर हुनुभएको निर्वाचन संयोजक खनालले बताउनुभयो। सहसचिव (समावेशी)मा नारद कोहार, कोषाध्यक्षमा मोहन बेल्वासे निर्वाचित हुनुभएको छ।

खुला सदस्यमा अशोक पौडेल, बाबुराम रायमाझी, वासुदेव शर्मा, माधव बेल्वासे र महिला सदस्यमा भगवती न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिइएको छ।

त्यस्तै सदस्य (मधेशी) मा अनिलकुमार माली, सदस्य (अन्य समावेशी) शिवकुमार ढाडी निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा दीपा महत, सदस्य (दलित) राम प्रकट कोरी, सदस्य (आदिवासी जनजाती) सोमकुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ।  

नवनिर्वाचित अध्यक्ष भुसालले श्रमजीवी पत्रकारको समस्या समाधान र संचार माध्यममा देखिएका संकटको निराकरणका लागि ठोस पहल गर्ने बताउनुभयो। पत्रकार महासंघ कपिलवस्तु शाखामा कुल ८८ मतदाता मध्ये ८१ मत खसेको थियो।