• १३ साउन २०८१, आइतबार

माडी नगरपालिकामा एमालेकी ताराकाजी महतो निर्वाचित

blog

शालिग्राम नेपाल

चितवन,  जेठ ३ गते  । माडी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) की ताराकुमारी काजी महतो निर्वाचित हुनुभएको छ ।  पाँच दलीय गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का ऋषी काफ्ले दुई हजार १७२ मतान्तरले पराजित हुनुभयो । 

प्रमुखमा निर्वाचित महतोले नौ हजार ९०१ मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार ७२९ मत मात्रै प्राप्त गर्नुभयो  । प्रमुख र उपप्रमुख पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपप्रमुखमा भने कांग्रेसका खेम महतोले छ हजार ८३० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याउनुभयो  ।

एक कार्यकाल उपप्रमुख भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृको रुपमा परिचित हुनुहुन्छ  । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गर्नुभएको महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपप्रमुख भएर काम गर्नु भएको थियो ।

लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नं ६ मा जीत हात पारेको छ । वडा नं ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित हुनुभयो । माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकिकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको छ ।