• १९ असार २०८१, बुधबार

बेनी नगरको प्रमुखमा सुरज र उपप्रमुखमा ज्योती विजयी

blog

बेनी नगरपालिकाको प्रमुख सुरज केसी र उप्रमुखमा निर्वाचित ज्योती लामिछाने । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ ३ गते । बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार सुरज केसी विजयी हुनुभएको छ । मंगलबार बिहान सम्पन्न मतगणना अनुसार केसीले सात हजार ६ सय ३ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको हो । 

उहाँको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिञ्जीवि शर्माले ६ हजार २०४ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेस माओवादी गठबन्धनका तर्फबाट माओवादीकी ज्योती लामिछानेले ७ हजार ४३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । 

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार पशुपति शाहीले ५ हजार पाँचसय मत प्राप्त गर्नुभएको छ ।  वडा नम्बर ९ घतानको वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार चक्त केसी र १० पात्लेखेतमा नेकपा एमालेका उम्मेदवार मस्विर रोका विजयी हुनुभएको छ । यसैगरी वडा नम्बर ७ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश श्रेष्ठ र ८ मा नेकपा एमालेका उम्मेदवार उत्तम कर्माचार्य विजयी हुनुभएको छ ।