• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर–१ मा एमालेका श्रेष्ठ विजयी

blog

काठमाडौं, जेठ २ गते । काठमाडौं महानगरपालिका –१ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठ ६२२ मतसहित विजयी हुनुभएको हो भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का अर्जुन महर्जनले ३८, नेकपा (एकीकृत समाजवादी) का पुष्प काजी श्रेष्ठले ३६ र स्वतन्त्र उम्मेदवार राजुकुमार श्रेष्ठले ४४१ मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार सो वडाको महिला सदस्यमा सबैभन्दा बढी मत पाउने नेपाली काँग्रेसका रोशन श्रेष्ठ ६८२ मतसहित र काँग्रेसकै शुभरत्न नेपाली ६६१ म्तसहित निर्वाचित हुनुभएको छ ।