• १२ कात्तिक २०८१, सोमबार

सावित्रा साफमा सर्वाधिक गोल गर्ने खेलाडी

blog

भारतविरुद्ध गोल गरेपछि सावित्रा भण्डारी ‘साम्बा’ । तस्बिर सौजन्य : विकास तिमल्सिना

काठमाडौँ, कात्तिक १२ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सुपर स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गर्नुभएको छ ।

काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको सेमिफाइनल खेलमा आइतबार भारतविरुद्ध गोल गर्दै सावित्रीले यसअघि नेपालकी खेलाडी अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गर्नुभएको हो । सावित्रीले साफ फुटबलमा मात्र व्यक्तिगत २१ गोल गरिसक्नुभएको छ ।

यसअघि अनुले पनि २१ गोलको कीर्तिमान राख्नुभएको थियो । अनु र सावित्रापछि दोस्रो स्थानमा नेपालकै अर्की खेलाडी जमुना गुरुङ हुनुहुन्छ । भारतविरुद्ध सशक्त प्रदर्शन गर्दै नेपाललाई जिताउनु भएकी सावित्रीले खेलपछि जमुना र अनुकै प्रेरणाले आफू फुटबलमा आएको प्रतिक्रिया दिनुभयो ।

‘‘खैल्दै जाँदा व्यक्तिगत रेकर्ड बन्नु सामान्य हो । यो सबै टोलीका खेलाडीले गर्दा सम्भव भएको हो । म सधैँ टोलीको सहयोगले अगाडि बढेको हुँ । सबैले राम्रो खेल्दा भारतसँगको तनावपूर्ण खेल जित्न सफल भयौँ । यसपटक घरेलु मैदानमा अझै राम्रो गरेर उपाधि जित्ने योजना छ,’’ आइतबार ‘प्लेयर अफ दी म्याच’ बनेपछि सावित्राको प्रतिक्रिया थियो ।

सावित्रा नेपालका लागि सर्वाधिक ५४ गोल गर्ने महिला खेलाडी पनि हुनुहुन्छ । सावित्राको सशक्त प्रदर्शनमा टाइब्रेकरमा भारतलाई ४–२ गोलले हराउँदै नेपालले फाइनलमा बङ्गलादेशसँगको भिडन्त पक्का गरेको थियो । 

पटक पटक साफको फाइनलमा पुगेपनि नेपालले उपविजेतामै चित्त बुझाउँदै आएको छ । अघिल्लो संस्करणको फाइनलमा पनि नेपाल घरेलु मैदानमा बङ्गलादेशलाई हराएर फाइनलमा पुगेको थियो । तर फाइनलमा बङ्गलादेशसँग ३–१ को हार खेप्यो । यसपटक नेपालले पुनः फाइनलमा बङ्गलादेशलाई हराएर बदला लिने मौका छ ।