• ११ असोज २०८१, शुक्रबार

झापाको हल्दिबारीमा राप्रपाले खाता खोल्यो

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ १ गते । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक खाता खोलेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको वार्ड हल्दिबारी १ मा वडाध्यक्षसहित पूरै प्यानल राप्रपाले जितेको छ । 

निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवीबहादुर थापा प्यानलसहित वडाध्यक्ष विजयी बन्नुभएको हो । वडा सदस्यमा प्रकाश कार्की, कुलबहादुर राई, महिला सदस्यमा शान्ता खतिवडा शिवाकोटी र र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बन्नुभएको छ । 

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाकै रविन्द्र लिङ्देनको फराकिलो अग्रता छ । हल्दिबारी गाँउपालिकामा यसभन्दा अघिको निर्वाचनमा राप्रपाले नै अध्यक्ष जितेको थियो ।