• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गामा २६ वडाको मत परिणाम सार्वजनिक

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ १ गते । ओखलढुङ्गामा ७५ वटा वडामध्ये २६ वडाको मत परिमाण सार्वजनिक भएको छ । आईतबार दिउँसोसम्म २६ वडाको अन्तिम मत परिणाम आएको हो । 

प्राप्त जानकारी अनुसार १७ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । ६ वडामा भने नेकपा एमालेको तर्फका वडा अध्यक्षको उम्मेदवार विजयी हुनुभएको छ । यसैगरि, माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीले एउटा वडामा विजयी हासिल गर्नुभएको हो ।  

कहाँ को विजयी ?

चिशंखुगढी गाउँपालिका

वडा नं. १ उषक कटुवाल, माओवादी केन्द्र

वडा नं. ८ शुसिल जंग कार्की, नेकपा एमाले

सिद्धिचरण नगरपालिका

वडा नं. १ तिर्थ घिमिरे, नेपाली काँग्रेस

वडा नं. २ बसन्त कटुवाल, माओवादी केन्द्र

वडा नं. ११ विनोद ताम्राकार, नेपाली काँग्रेस

वडा नं. १२ उमङ्ग श्रेष्ठ, नेपाली काँग्रेस

मोलुङ गाउँपालिका

वडा नं. २ टङ्क कार्की, नेपाली काँग्रेस

वडा नं. ८ सुधिर राई, नेकपा एमाले

वडा नं. ७ हेमबहादुर सुनुवार, नेकपा एमाले

खिजीदेम्बा गाउँपालिका

वडा नं. १ कुमार सुनुवार, जनता समाजवादी पार्टी

वडा नं. ९ ङवाङफुरी शेर्पा, नेपाली काँग्रेस

वडा नं. ३ टङ्क सुनुवार, नेपाली काँग्रेस 

वडा नं. २ सुरेन्द्र घिमिरे, नेपाली काँग्रेस

वडा नं. ८ नगेन्द्र बस्नेत, नेपाली काँग्रेस

लिखु गाउँपालिका

वडा नं. १ हिरा कार्की, नेकपा एमाले

वडा नं. ९ केशव ढुङ्गेल, नेकपा एमाले

मानेभञ्ज्याङ्ग गाउँपालिका

वडा नं.१ राजकुमार रुम्दाली, नेपाली काँग्रेस 

वडा नं. २ राममणि राई, नेपाली काँग्रेस 

वडा नं. ७ विष्णु प्रसाद गौतम, नेपाली काँग्रेस 

वडा नं. ८ भिम बलाम्पाकी मगर, नेपाली काँग्रेस 

वडा नं. ९ पुर्णबहादुर मगर, नेकपा एमाले

सुनकोशी गाउँपापलिका

वडा नं. १ प्रकाश सापकोटा, गठबन्धन नेपाली काँग्रेस

चम्पादेवी गाउँपालिका

वडा नं. १० रोहित प्रसाद ढुङ्गेल, नेपाली काँग्रेस 

वडा नं. १ कुलबहादुर श्रेष्ठ, नेपाली काँग्रेस 

वडा नं. ९ सुजन पौडेल, नेपाली काँग्रेस 

वडा नं. ८ खड्गबहादुर बराल, नेपाली काँग्रेस 

यस्तै, अन्य वडा तथा पालिकाहरुको धमाधम मतगणना भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।