• १० कात्तिक २०८१, शनिबार

साफ महिला च्याम्पियनसिप

बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

blog

बङ्गलादेश महिला टोली । तस्बिर : एन्फा

काठमाडौँ, कात्तिक ७ गते । साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा पाँच पटकको च्याम्पियन भारतलाई –१ गोलले हराउँदै बङ्गलादेश समूह  ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खान्दाकरले एक गोल गर्नुभयो । भारतका लागि पहिलो हाफको अन्त्यतिर बाला देवीले गर्नुभएको गोल सान्त्वना बन्यो । 

हारेपछि भारत समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । भारत यसअघिनै सेमिफाइनलमा पुगेको थियो । बङ्गलादेशको जितसँगै पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।

शीर्ष स्थानमा रहेको बङ्गलादेशदेले दुई खेलबाट चार अङ्क बनायो । दोस्रो स्थानमा रहेको भारतले तीन र अन्तिममा रहेको पाकिस्तानले एक अङ्क बनायो । 

यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको थियो । बङ्गलादेश र पाकिस्ताले भने १–१ गोलको बराबरी खेलेका थिए ।