• ६ जेठ २०८१, आइतबार

दैलेखका १० वडाको मतपरिणाम सार्वजनिक

blog

दैलेख, वैशाख ३१ गते । दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १० वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले चार, एमालेले चार माओबादी केन्द्रले एक र नेपाल मजदुर किसान पार्टीले एक  वडामा विजयी भएको छ । 

नेपाली कांग्रेसले नौमुले गाउँपालिकाको–१, २ र गुराँस गाउँपालिकाको–१ र २ मा विजयी भएको छ । नेकपा एमाले महावु गाउँपालिका–१ र दुल्लु नगरपालिका–१ नौमुले गाउँपालिका–३ र भैरवी गाउँपालिका –१ म बिजयी भएको छ । माओवादी केन्द्रले डुगेश्वर गाउँपालिका–१ मा विजयी भएको छ भने चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा बिजयी भएको छ । नौमुले गाउँपालिका १ मा नेपाली कांग्रेस बाट उम्मेदवार बन्नुभएका रुपेश राना विजयी हुनुभएको छ । उहाँले चार सय मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नामाखर शर्माले तीन सय ८६मत ल्याएर उप विजेता बन्नुभएको छ । 

नौमुले गाउँपालिका–२ मा नेपाली काँग्रेसकाले जीत हात पारेको छ । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गप्रसाद शर्मा चार सय ८२ मत सहित विजयी हुनुभएको छ ।  उक्त वडामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर सिंह ठकुरीले ४०५ र नेकपा माओवादीका पदमबहादुर गिरीले ३११ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको गुराँस गाउँपालिका–१ मा नेपाली कांग्रेस विजयी भएको छ । वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल ५ सय ९५ मत सहित विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका जङ्गबहादुर महत क्षेत्रीले  तीन सय ३९ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै गुराँस गाउँपालिका–२ मा पनि नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर रावलले ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका प्रेमबहादुर रावलले २८८ मत प्राप्त गर्दै  उप बिजेता बन्नुभएको छ । महावु गाउँपालिकामा–१ को वडा अध्यक्षमा एमालेका सर्बराज सार्की विजयी हुनुभएको छ । उहाँले छ सय ९२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यराम सावदले ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै दुल्लु नगरपालिका–१ को वडा अध्यक्षमा एमालेका तर्कबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले पाँच सय ९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर थापाले तीन सय २५ मत प्राप्त गर्नुभएको छ । दैलेखको भैरबी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ  । एमालेका उम्मेदवार डम्बर बहादुर कार्कीले ७०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । 

पराजित नेपाली काँग्रेसका हिक्मत बहादुर थापाले ४५८ र माओवादी केन्द्रका मानबहादुर थापाले १० मत प्राप्त गर्नुभएको छ । दैलेखको नौमूले गाउँपालिका वडा नं. ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर पुरी निर्वाचित हुनुभएको हो । एमालेबाट वडाध्यक्षमा निर्वाचित पुरीले ४१८ मत प्राप्त गर्दा  निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बलबहादुर खत्रीले ३३८ मत प्राप्त गर्नुभएको छ ।  

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार गगनबहादु रोकामगरले ३१८ मत प्राप्त  गर्नुभएको छ । रोकामगर निवर्तमान वडाध्यक्ष समेत हुनुहुन्थीयो । यस्तै सदस्यमा एमालेकै बलबहादुर रावत र नविन थापामगर निर्वाचित भएका हुनुभएको छ । महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी अमृता घर्ती दलित महिला सदस्यमा एमालेकै पम्फा सुनार निर्वाचित हुनुभएको छ । 

डुगेश्वर गाउँपालिका–१ बाट गठबन्धन दल माओवादी केन्द्र बाट उम्मेदवार बन्नुभएका श्याम राना विजयी हुनुभएको छ । उहाँले ७ सय ८१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका लोक बहादुर डागीले पाँच सय २४ मत ल्याएर उप विजेता बन्नुभएको छ । वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो । 

दैलेखमा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । उक्त पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिका–१ मा जीत हात पारेको हो । उक्त वडामा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका उदे कामी विजय हुनुभएको छ । उहाँले ३१७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार तपेन्द्र बहादुर शाहीलाई तीन सय १३  प्राप्त गर्नुभएको थियो । तपेन्द्र शाही ४ मतले पराजित हुनुभएको छ ।