• १३ असोज २०८१, आइतबार

दैलेखमा काँग्रेस तीन, एमाले दुई र माओवादी एक वडामा विजयी

blog

कमल शर्मा
दैलेख, वैशाख ३१ गते ।
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडामध्ये छ वडाको मत परिणाम सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसले तीन वडामा विजयी हुँदै पहिलो, नेकपा (एमाले) दुई वडामा विजयी हुँदै दोस्रो र एक वडामा विजयी हुँदै नेकपा (माओवादी केन्द्र) तेस्रो भएको छ । 

कांग्रेसले नौमुले गाउँपालिकाको–१, २ र गुराँस गाउँपालिकाको–१ मा विजयी भएको छ । एमाले महावु गाउँपालिका –१ र दुल्लु नगरपालिका–१ तथा नेकपा (माओवादी केन्द्र)ले डुगेश्वर गाउँपालिका –१ मा विजयी भएको हो ।

नौमुले गाउँपालिका–१ मा काँग्रेसबाट उम्मेदवार बन्नुभएका रुपेश राना विजयी हुनुभएको छ । उहाँले चार सय मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी एमालेका नामाखर शर्माले ३८६ मत प्राप्त गर्नुभएको हो ।

नौमुले गाउँपालिका–२ मा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार दुर्गप्रसाद शर्मा ४८२ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका खगेन्द्रबहादुर सिंह ठकुरीले ४०५ र माओवादीका पदमबहादुर गिरीले ३११ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको गुरास गाउँपालिका–१ मा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल ५९५ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका जङ्गबहादुर महत क्षेत्रीले ३३९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, महावु गाउँपालिकामा–१ को वडा अध्यक्षमा एमालेका सर्बराज सार्की विजयी हुनुभएको छ । उहाँले ६९२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्दी काँग्रेसका सूर्यराम सावदले ६३२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै दुल्लु नगरपालिका–१ को वडा अध्यक्षमा एमालेका तर्कबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ५९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्दी काँग्रेसका नरबहादुर थापाले ३२५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, डुगेश्वर गाउँपालिका–१ बाट गठबन्धन दल माओवादीबाट उम्मेदवार बन्नुभएका श्याम राना विजयी हुनुभएको छ । उहाँले ७८१ मत ल्याएर विजयी हुँदा एमालेका लोकबहादुर डागीले ५२४ मत प्राप्त गर्नुभएको छ ।
वडामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो ।