• ७ मंसिर २०८१, शुक्रबार

एनआरएनए मलेसियाले एन्फाका पहिरो पीडित खेलाडी परिवारलाई सहयोग गर्ने

blog

काठमाडौँ, असोज १७ गते । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।

एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिनुभयो ।

एन्फाका पदाधिकारीसँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरू चाँडै नेपाल आउने बताउनुभयो । सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

शनिबार इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । 

घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जनको निधन भएको थियो । यसैगरी काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका विकल रेग्मीको निधन भएको थियो ।