• ११ असोज २०८१, शुक्रबार

यु–२० एसियन कप छनोट : उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र उज्वेकिस्तानका खेलाडी ।

काठमाडौँ, असोज ९ गते । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । 

चाइनिज ताइपेमा जारी छनोटअन्तर्गत बुधबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–० गोलले पराजित भएको हो । 

हारसँगै समूह ‘बी’ मा रहेको नेपालको छनोट सम्भावना कमजोर बनेको छ । नेपालले तीन खेलबाट तीन अङ्क बनाएको छ । नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो । 

दोस्रो खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेलाई ३–१ गोलले हराएको थियो । नेपालले अब समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।