• ११ असोज २०८१, शुक्रबार

नेपाल र ओमानबिचको खेल वर्षाका कारण रद्द

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज ९ गते । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपाल र ओमानबिचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङ्ग सिटी मैदानमा मङ्गलबार राति तय भएको खेल वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र ओमानले एक एक अङ्क बाँडेका छन् ।

बराबरीसँगै आठ खेलबाट तीन अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । छैटौँ स्थानमा रहेको ओमानको सात खेलबाट ६ अङ्क छ । नेपाल यस सिरिजको नेपाल पहिलो खेलमा क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । अब क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ ।