• ११ असोज २०८१, शुक्रबार

चट्याङ लागेर दुई जनाको मृत्यु

blog

सांकेतिक तस्बिर

अविनाश चौधरी

धनगढी, असोज ९ गते।  चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो।  

चट्याङ लागेर अचेत सुनारको दोधारा चाँदनी अस्पतालमा र गम्भीर घाइते रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिनुभयो।  

रानालाई खेतबारीमा काम गर्ने क्रममा र गुटिलको रुखमुनि ओत लागेको बेला सुनारलाई चट्याङ लागेको जनाइएको छ।  चट्याङबाट ३६ वर्षीय जगते सुनार घाइते हुनुभएको छ।  घाइतेकाे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।