• ११ असोज २०८१, शुक्रबार

वडा–१६ लाई फुटसल उपाधि

blog

उपाधि विजेता वडा नं. १६ का खेलाडी ।

काठमाडौँ, असोज ९ गते । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौँ महानगरपालिकाको वडा नं. १६ ले जितेको छ ।

लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोलले हरायो । वडा नं. १६ लाई जिताउन आयुष कुँवर, रविन निरौल, साजन डङ्गोल र श्रेयान्स  मानन्धरले गोल गर्नुभयो । वडा नं. १६ ले अर्को गोल आत्मघाती उपहार पाएको थियो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले सान्त्वना गोल गर्नुभयो ।


उपाधिसँगै वडा नं. १६ ले दुई लाख रुपियाँ पायो । उपविजेता वडा नं. १२ ले एक लाख रुपियाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वोकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बन्नुभयो । वडा नं. १६ का सुसान्त महत उत्कृष्ट गोलकिपर चुनिनुभयो । उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेतालाई महानगरपालिकाका प्रशासकीय प्रमुख सरोज गुरागाईं, आयोजक वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो । असोज १ गतेबाट सञ्चालित प्रतियोगितामा ३१ वडाले भाग लिएका थिए । फाइनल खेलको सुभारम्भ महानगर प्रमुख बालेन्द्र शाहले गर्नुभएको थियो ।