• ११ असोज २०८१, शुक्रबार

सिंजा सभ्यताको संरक्षण र रेशमी मार्गको पुन:स्थापना गरिनुपर्छ : मन्त्री भण्डारी

blog

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, असोज ९ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सिंजा सभ्यताकाको संरक्षणसहित तत्कालीन खस साम्राज्य सिंजासँग जोडिएको उत्तर दक्षिणको रेशमी मार्गको खोजी गर्नुपर्ने बताउनुभएकाे छ ।

कनकासुन्दरी गाउँपालिकामा रहेको ऐतिहासिक कनकासुन्दरी मन्दिरको अवलोकन गर्दै उहाँले सिंजाको समग्र सभ्यताको इतिहास महत्वपूर्ण रहेको जोड दिँदै तत्कालीन खस साम्राज्यको राजधानी नेपाली भाषाको उद्गमस्थल सिंजा चिनाउने तत्कालिन रेशमी मार्ग मात्रै खोजी गरेर छोटो मार्ग अगाडि बढाउने हो भने महत्वपूर्ण काम हुने बताउनुभयो । रेशमी मार्ग चीनदेखि युरोपसम्म हिँड्ने, भेडा, घोडा हिँडाउने मार्ग रहेको खोजी गर्न आवश्यक रहेको उहाँको जोड छ । 

सिंजा सभ्यतासँग जोडिएका चीन, भारत, भुटनाका भूगोल ती भूभाग अहिले नेपालमा नभए पनि सांस्कृतिक रुपमा आजपनि भुटान, चीनसम्म हाम्रो राज्य त्यहाँ रहेको इतिहास हाम्रो पुस्तालाई बुझाउन आवश्यक रहेको छ । उहाँका अनुसार सम्भयता र संस्कृतिलाई दुर्गम भनेर हुँदैन, यहीभित्रै कला संस्कृति लुकेकोले कर्णाली सभ्यताको धनी छ । उहाँले कनकासुन्दरी क्षेत्रमा संरक्षण हुन नसकेका पुरातात्विक सम्पदताको संरक्षणमा नेपाल सरकार र कर्णाली सरकारले प्रथाकिता दिनुपर्नेमा जोड दिनुभयो । 

कनकासुन्दीमा क्षेत्रमा स्यूवाघ लगायतका पुरातात्विक सम्पदा अहिले सम्म भग्नावशेष अवस्थामा छन्, यसको संरक्षण हुन सकेको छैन, मन्त्री भण्डारीले पशुपतिनाथ, चन्दननाथ, भैरवनाथ, गोरखनाथ नाथ भनेको दीक्षित पद रहेकाले यसको धार्मिक लिङ्क छ । 

जुम्ला र दुल्लुको पुरानो सम्बन्ध छ । 

मन्त्री भण्डारीले जुम्ला र दुल्लु तत्कालीन समयको साम्राज्य भएकाले यसको सम्बन्ध छ । कनकासुन्दरी मन्दिरको अवलोकन पछि पत्रकारहरुसँग कुराकानी गर्दै जीवनमा एकचोटी आउने सिंजा भएकाले संस्कृति खोज्न टाढा जान आवश्यक नभएकोमा जोड दिनुभयो । उहाँले जुम्ला पनि साहुवाडा, दैलेख पनि साहुवाडा छ, धेरै गाउँहरु एउटै नामका छन् । दस्तावेज समेत भएकाले सिंजा र दुल्लुको सम्बन्ध प्रगाढ छ । 

स्थानीयले सिंजा सभ्यताको संरक्षणका लागि अपिल गरेका छन् । कनकासुन्दरी ४ का अध्यक्ष धनामानसिंह हमालले यस सिंजाका पुरातात्विक संरचना अध्ययन, संरक्षण पूर्वाधारका लागि खोजी गर्न अनुरोध गर्नुभयो । स्थानीयले खस सभ्यताका बाजागाजासहित विभिन्न स्थानमा स्वागत गरेका छन् ।