• ११ असोज २०८१, शुक्रबार

राजुको ‘प्रेम रोग’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । मङ्गोलियन हार्टका गायक राजु लामाले ‘प्रेम रोग’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतको शब्द र सङ्गीतसमेत गायक राजुकै छ । भिडियोमा गायक लामा र नायिका करिष्मा श्रेष्ठको अभिनय रहेको छ ।

पवन सुस्लिङको छायाङ्कन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन सोनम पाख्रिनले गर्नुभएको छ ।