• १९ असार २०८१, बुधबार

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई पक्राउ गरेको कुरा गलत : प्रहरी प्रवक्ता

blog

लक्ष्मी चौधरी
जनकपुरधाम, वैशाख २९ गते ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको समाचार झुठो रहेको धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीले बिहीबार जनकपुरधामस्थित सीता शरण होटेलबाट अन्सारीलाई पैसा बाँडी रहेको अवस्थामा पक्राउ परेको भन्ने समाचार गलत रहेको बताउनुभयो ।

‘‘आयोगका अध्यक्ष आफ्नो निजी कामका लागि जनकपुरधाम आउँदा सीता शरणमा बस्नु भएको थियो ।,’’ प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘‘त्यही क्रममा निर्वाचनलाई असर पार्ने उद्देश्यले यस्तो हल्ला फिजाएको हो र उहाँसँग रकम बरामद भएको छैन ।’’

प्रवक्ता क्षेत्रीका अनुसार, अध्यक्ष अन्सारी बिहीबार दिउँसो १ः३० बजे काठमाडौं जानुपर्ने तर उहाँलाई केही व्यक्तिले आएर घेरेपछि अध्यक्ष अन्सारीको सुरक्षाका लागि प्रहरी होटेलमा पुगेको थियो । उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएको क्षेत्रीले बताउनुभयो ।