• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । आइतबार दिउँसो १ः१५ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी दिनुहुने छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन, २०७९/०८०’ सभासमक्ष पेश गर्नुहुने छ ।

यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरुको स्थलगत अध्ययन, अवलोक तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।