• १३ जेठ २०८१, आइतबार

सुर्खेतमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

blog

नवीन सुवेदी

सुर्खेत, वैशाख १७ गते । सुर्खेतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन भएको छ । दुई दलबीच भएको सहमतिअनुसार काँग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । 

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको प्रमुख र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । यस्तै, चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । दुई दलबीच वडामा भने सहमति हुनसकेको छैन ।

२०७४ सालको निर्वाचनमा चौकनेमा एमाले पहिलो भएको थियो भने माओवादी केन्द्र दोस्रो थियो । अन्य पालिकामा माओवादी तेस्रो स्थानमा थियो ।