• १५ असार २०८१, शनिबार

बी.पी. प्रतिष्ठान धरानमा डायलिसिस बेड थप

blog

निशा राई

धरान , वैशाख १६ गते । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलिसिस मेसिन, बेडहरु थप गरिएको छ । नयाँ २० बेड र डायलिसिस सामग्रीहरुको उपकुलपति डा. ज्ञानेन्द्र गिरिले नयाँ युनिटको उद्घाटन गर्नुभएको हो ।

नयाँ भवन निर्माणसँगै थप गरिएको नयाँ बेडहरुलाई छुट्टै डायलिसिस युनिट स्थापना गरी इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलिसिस युनिटलाई विस्तारित गरिएको छ । युनिटलाई २० बेड क्षमताको बनाइएको बी.पी. कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठान सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभयो । 

उद्घाटनको क्रममा उपकुलपति गिरिले बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने बताउनुभयो । प्रतिष्ठानमा मासिक करिब एक हजारको डायलिसिस हुने गरेको छ ।