• १४ असार २०८१, शुक्रबार

नेसनल लाइफद्वारा तालिम सञ्चालन

blog

काठमाडौँ, असार ८ गते । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवर्धन गर्ने प्रयोजनले एक बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ ।प्रशिक्षणबाट कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास हुने र कम्पनीका लागि उपयोगी हुने अपेक्षा कम्पनीले गरेको छ । 

विविध पक्षलाई समेटेर तयार पारिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुवैको व्यावसायिकतामा वृद्धि हुने र कर्मचारीलाई स्वस्थ्य वातावरणमा नवीनतम ढङ्गले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्ने कम्पनीले जनाएको छ ।