• १३ असार २०८१, बिहिबार

‘मलाई मन परेको मान्छे’ सार्वजनिक

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । अञ्जु पन्त र दीपक चौलागाईँको स्वरमा रहेको गीत  ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरी सो गीत सार्वजनिक गरिएको हो ।

केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले कार्यक्रममा प्रोफेसर समेत रहनुभएका गायक चौलागाईंको गायकीको तारिफ गर्नुभयो । जगत् तिरुवाको शब्द सङ्गीत रहेको गीतको एरेन्ज सङ्गीतकार विशाल निरौलाले गर्नुभएको छ ।