• १० कात्तिक २०८१, शनिबार

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

blog

तिलाचन पाण्डे

तम्घास ,जेठ ३२ गते । नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ । काउछाले अध्यक्षमा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।  

उहाँका प्रतिस्पर्धी हिरा एसीले २०२ मत ल्याएर पराजित भएका हुनुभएको छ । उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएर पराजित हुनुभएको छ । सचिवमा धर्म विश्वकर्माले ३७१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  

उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत ल्याएर पराजित हुनुभएको छ । सह–सचिव पदमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित हुनु भएको छ ।  उहाँका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याएर पराजित भएका छन् । मङ्गलवारदेखि सुरु भएको १२ औंं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहिवार मतदान मार्फत पदाधिकारीका सबै पद सहित जिल्ला सदस्यका केही पदमा दुई वटा समूह बनाएर मतदान भएको  थियो । 

गए राति भएको मतगणनामा अध्यक्ष काउछा पक्षबाट उम्मेदवार बनेका सबै निर्वाचित भएका हुन । अधिवेशनमा जिल्लाभरबाट ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए । 

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित भएको छ । जसमध्ये ५ जनाको पदाधिकारी रहेका छन् । अधिवेशनको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।