• ८ जेठ २०८१, मङ्गलबार

अभिनेत्री अनु शाहसँग १६ प्रश्न

blog

अनु शाह अभिनेत्री/मोडल

तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?

मैले अहिले चलाइरहेको आइफोन नै हो ।

यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?

मोबाइल फोन र पैसा लिएर जान्छु ।

तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?

मसँग त्यस्तो गर्व लाग्ने सामान केही छैन ।

घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने वस्तु छन् ?

मेरो लिभिङ रुममा नै हो । त्यहाँ मैले सजाएर राखेका अवार्ड छन् ।



कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?

मलाई नयाँ–नयाँ टिसर्ट पेन्ट किन्न मन लाग्छ । जसबाट म सन्तुष्ट हुन्छु ।

कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?

फोन नै हो । किनभने फोन चार्जमा राख्दा पनि चलाउन मन लाग्छ । फोनबिना त बस्नै सक्दिनँ ।

तपाईंले कहिल्यै आफूले महत्त्वपूर्ण  ठानेको वस्तु चोर्नुभएको छ ?

मलाई चोर्न एकदमै डरलाग्छ । त्यसकारण अहिलेसम्म चोर्ने काम गरेको छैन ।

आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?

मसँग जोडिएका हरेक कुरा र वस्तुसँग मेरो आत्मीयता छ ।

तपाईंले बाल्यकालमा कुन वस्तुलाई धेरै महत्त्वपूर्ण  ठान्नुभयो ?

बाल्यकालमा पढाइमा बढी ध्यान जान्थ्यो । त्यसकारण मैले पुस्तकलाई नै  महत्त्वपूर्ण  ठान्थेँ ।

तपाईं कस्तो स्वभावको महिला हो ?

म अलिक ज्ञानी र धेरै नबोल्ने खालको नै छु ।

जीवनमा कहिले कोही मन परेको छ ?

म मेरो परिवारलाई, मेरो विशेष मान्छेलाई, मेरा साथीलाई मन पराउँछु ।

राति घरबाट बाहिर जानु पर्दा कहाँ जानुहुन्छ ?

कि त कुनै सुटिङ हुनुप¥यो, कि त कुनै अत्यावश्यकीय सामान लिन जानुप¥यो । आवश्यकताअनुसार घरबाट निस्कने हो । तर मुख्य कुरा चाहिँ काम नभई निस्कन्नँ ।

तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के के हुन् ?

म छिटो रिसाउँछु र छिटो ‘कुल’ हुन्छु । मेरो रिसाउने बानी म आफैँलाई पनि मन पर्दैन । मलाई छिन् छिन्मा रिस उठ्छ । तर छिटो रिसाउने मान्छे चाहिँ सफा मनको हुन्छ भन्ने सुनेकी छु । अर्को कुरा म अलि ‘इमोसनल’ छु । सानो सानो कुरामा चित्त दुःखेमा आँसु आइहाल्छ । मलाई किचनमा काम गर्न एकदमै रमाइलो लाग्छ ।

तपाईंको मन पर्ने फेसनशैली कुन हो ?

मलाई परम्परागत किसिमको कुर्ता, सुरुवाल, लेहेङ्गा, साडी जस्ता फेसन मन पर्छ ।

मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?

शङ्काले त लङ्कै जलाउँछ भन्ने सुनेकी छु । केही कुरामा शङ्का लाग्यो भने सम्बन्धित मान्छेलाई नै सोध्छु । मनमा कुरा राखेर बस्दिनँ । शङ्काको निवारण गर्नेतिर लाग्छु ।

तपाईंलाई कस्तो खालको केटा मन पर्छ ?

मलाई माया गर्ने अनि मलाई बुझ्ने खालको केटा मन पर्छ ।