• ८ वैशाख २०८२, सोमबार

घिमिरेको बिदाइ

blog

काठमाडौँ (गोरखापत्र) वैशाख १४ गते  । गोरखापत्र संस्थानका वरिष्ठ कम्प्युटर अपरेटर अर्जुन घिमिरे उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । २०४७ असोजमा संस्थानको सेवामा प्रवेश गरेर ३१ वर्षभन्दा लामो समय काम गर्नुभएका घिमिरेलाई उमेर हदका कारण अनिवार्य अवकाश दिइएको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले सोमबार आयोजित समारोहमा घिमिरेलाई बिदाइ गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो ।