• १३ साउन २०८१, आइतबार

देशभर ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ताका लागि काठमाडौंको भृकुटीमण्डपमा पुगेका गठबन्धनका नेता तथा कार्यकर्ता । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख १२ गते।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिएको थियो। 

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा एक हजार ६२३ र उपप्रमुख पदमा ९५२ जनाको उम्मेदवारी परेको हो। गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६०६ र उपाध्यक्ष पदमा एक हजार ४५ जनाको उम्मेदवारी परेको आयोगले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। 

आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १२  हजार १५१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा १६ हजार चार जनाको उम्मेदवारी परेको छ।  त्यस्तै, महिला सदस्य पदमा सात हजार ५९९ र दलित महिला सदस्यमा छ हजार ६३७ जना रहनुभएको छ।