• १३ साउन २०८१, आइतबार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ

blog

तस्बिर : एफपी

काठमाडौं, वैशाख १२ गते।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिनुभएको छ। उहाँको दोस्रो कार्यकाल सफलताको कामना गर्दै बधाई दिनुभएको हो। 

सोमबार अलग-अलगरुपमा बधाइ सन्देश दिनुहुँदै नवनिर्वाचित राष्ट्रपति म्याक्रोनको सफल कार्यकालको शुभकामना दिनुभएको हो। राष्ट्रपति भण्डारीले आगामी दिनहरूमा नेपाल-फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ एवम् व्यापक हुँदै जानेछ विश्वास व्यक्त गर्नुभएको छ। 

यसैगरी, फ्रान्सको राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित हुनुभएकोमा फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेका छन् भन्दै प्रधानमन्त्री देउवाले नेपाल-फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्न तत्पर छौं भन्नुभएको छ।