• १३ साउन २०८१, आइतबार

गुल्मीका १२ स्थानीय तहमा मनोनयन दर्ता

blog

मालिका गाउँपालिकामा मनोनयन दर्ता गर्दै गठबन्धनका नेता। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे 
तम्घास, वैशाख १२ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारले  मनोनयन दर्ता गरेका छन्।

एमालेले रेसुंगा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले   मनोनयन दर्ता गर्नुभएको छ। नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेल प्रमुख र उपप्रमुखमा गंगा श्रेष्ठको मनोनयन दर्ता भएको छ भने गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महतको मनोनयन दर्ता भएको छ।  

यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामीले मनेनयन दर्ता गराउनुभएको छ। काँग्रेसबाट बेदबहादुर थापाको अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ।  यस्तै स्वतन्त्र मेयरमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ।

सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहनु भएको छ। 

काँग्रेसबाट अध्यक्षमा पारीश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले  मनोनयन दर्ता गराउनुभएको छ। यस्तै राष्ट्रिय जनमोर्चाबाट  ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ। 

चन्द्रकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्यालले मनोनयन दर्ता गर्नुभएको छ।  गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका युवराज केशी र उपाध्यक्षमा काँग्रेसबाट विष्णुप्रसाद भण्डारी रहनु भएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिनुभयो ।

रुरु क्षेत्र गाउँपालिकामा  एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मिना गौतम रहनुभएको छ।  गठबन्धनबाट माओवादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा काँग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वसन्तप्रसाद भण्डारीले जानकारी दिनुभयो। 

छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवाली रहनुभएको छ। यस्तै गठबन्धनबाट काँग्रेसका अनन्त पौडेलले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिनुभयो।

गुल्मीदरबारमा तीन ठूला दलको प्रतिस्पर्धा

 गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुनको मनोनयन दर्ता भएको छ। काँग्रेसबाट अध्मा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिनुभयो।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङगे र उपाध्यक्षमा सिखा रेश्मीले मनोनयन दर्ता गराउनुभएको छ। यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराउनुभएको छ। इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा  हिरा  एसी र उपाध्यक्षमा  विमला खत्रीको मनोनयन दर्ता भएको छ। नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा भगतसिंह खडका र उपाध्यक्षमा पार्वी कुँवरको मनोनयन दर्ता भएको छ।

मालिका गाउँपालिकामा एमालेबाट अध्यक्षमा रितबहादुर थापा हुनुहुन्छ भने उपाध्यक्षमा रनमाया पुन रहनुभएको छ।  गठबन्धनको तर्फबाट माओवादीबाट देबीराम अर्याल अध्यक्ष र उपाध्यमा काँग्रेसका उपेन्द्र अर्यालले आइतबार नै मनोनयन दर्ता गराई सक्नुभएको छ। 

मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केशी र उपाध्यक्षमासरिता खडकाले मनोनयन दर्ता गराउनुभएको छ। यस्तै गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ।

राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक शेन, स्वतन्त्रबट दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएउनुभएको छ। धुर्कोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीता गिरी, माओवादी केन्द्रबाट भुपाल पोखरेल जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराएको छ।