• १२ साउन २०८१, शनिबार

उत्तरी गोरखाको साम्दोमा 'बिओपी' स्थापना

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ १४ गते । उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । गत जेठ ९ गते बुधबार गोरखा सदरमुकामबाट हिडिको टोली ६ दिनमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – १ को सिमा क्षेत्र साम्दोमा टोली पुगेर पोष्ट स्थापना भएको सशस्त्र प्रहरी गुल्म गोरखाका प्रमुख सुमन बोगटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गोरखा सदरमुकामबाट चुमनुब्रीको सिर्दिबास सम्म सशस्त्र प्रहरीको ट्रकमा टोली पुगेको थियो भने त्यहाँबाट तिब्बत र गोरखाका मुख्य नाका साम्दोसम्म पैदल यात्रा गरेर पुगेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी टोलीलाई चाहिने आबश्याक खाद्यान्न भने खच्चडको सहायतबाट सम्बन्धित ठाउँमा पु–याईको सशस्त्र प्रहरी गुल्म गोरखाले जनाएको छ । 

गोरखाको मुख्य नाकामध्ये साम्दो नाका पनि महत्वपुर्ण नाका भएकाले बिओपी स्थापना गर्न पहिलेदेखि नै पहल भइरहेकोमा अहिले आएर चुमनुब्रीबासीको माग पुरा भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । बिओपी स्थापनाले उत्तरी नाकाबाट हुने सुन तस्करीमा कमि आउने विश्वास लिइएको छ ।

गृह मन्त्रालयबाट आधिकारिक निर्णय नआएका कारण बिओपी स्थापना हुन सकेको थिएन । तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० सालसम्म बिओपी स्थापना हुने बताउनुभएको थियो । ढिलै भएपनि बिओपि स्थापनाले गोरखाबासीलाई खुशी बनाएको छ । 

गोरखाको साम्दो नाका भएर अवैध चोरी निकासी पैठरी नियन्त्रण गर्न सहयोग गर्ने उद्देश्यले उत्तरी गोरखाको मुख्य नाका साम्दोमा बिओपी स्थापना गरिएको छ । जसमा सिमा स्तम्भको रक्षा, इलाकको रक्षा, स्थानियको शान्ति सुरक्षा, सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप रोक्न र विपद् तथा प्रकोपमा राहत र उद्धार गर्ने उदेश्यले बिओपी स्थापना गरिएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।