• ३० फागुन २०८२, शनिबार

जैमिनी नगरपालिकाका ४१८ मध्ये ३६७ योजना सम्झौता

blog

जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सप्पन्न गरिएको कार्यक्रम ।तस्बिर : नवराज नेपाली ।

नवराज नेपाली 

बागलुङ (गलकोट) फागुन ३० गते ।जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ वडा नम्बर ७ को जैदीमा सम्पन्न भएको छ ।

कार्यक्रममा पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत  कृष्ण पौडेलले हालसम्म ४० प्रतिशत वित्तीय प्रगति भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा ६६ लाख बढी आन्तरिक राजश्व सङ्कलन भएको उहाँको भनाइ छ । नगरपालिकाका ४१८ वटा योजना मध्य हालसमम ३६७ वटा सम्झौता भएर कार्यान्वयनमा गएको पौडेलले जानकारी दिनुभयो ।

उहाँले नगरकी छोरी कार्यक्रम अन्तरगत २४ जनालाई दुई हजार ५०० का दरले खातामा जम्मा गरि दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदर आतङ्कका कारण गाउँ रित्तिदै गएको गुनासो गर्नुभएको थियो। कृषि बाली उत्पादन वन्यजन्तुले नष्ट गरि दिँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको उहाँले बताउनुभयो । 

नगरपालिकाले बाँदर नियन्त्रण सम्बन्धी योजना नलिएर गाउँमा बस्ने वातावरण नहुने स्थानीयको गुनासो छ ।स्थानीय इन्दु शर्मा, सरस्वती शर्मा चालिसे, कमल नेपाली, तिलकबहादुर थापा, दुरबहादुर नेपाली, किरण चालिसे टंक राना, लोकराज शर्मा, तमसम राना लगायतले किसानले समयमै मल बिउ पाउन नसकेको गुनासो गर्दै नगरपालिकाले विपदमा नागरिकलाई उचित राहतको व्यवस्थापन गरि दिनुपर्ने माग गर्नुभयो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख नरबहादुर पुनले सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले कृषि एम्बुलेन्सले किसानले गरेको उत्पादनलाई बजारीकरणमा सघाउने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले पालिकाले नागरिककै हितमा काम गर्दै आएको सुनाउनु भयो । 

 सीमित स्रोत साधनका बावजुत नागरिकको आवश्यकता र चाहना पूरा गर्ने कार्यमा लागेको बताउँदै अनुगमन, राजश्व सङ्कलन लगायतका विषयमा सक्रिय भएको बताउनुभयो ।

 जैमिनी नगरपालिका सुशासन समितिका संयोजक एवं जैमिनी नगरपालिका९२ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका सहसचिव नवराज नेपालीले नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।