• ७ मंसिर २०८१, शुक्रबार

अभियात्रा

blog

मानिस विद्या, ज्ञान, विवेक अनि अनुभवद्वारा खारिँदै जाने व्रmममा आफैँलाई चियाउन र आत्ममूल्याङ्कन पनि गर्न थाल्छ । ऊ वैयक्तिक जीवनमा भौतिक आवश्यकतालाई भन्दा आत्मिक आवश्यकतालाई महìव दिन थाल्छ । आत्मिक वा चेतन यात्रामा अघि बढ्नेतर्फ उसको जिज्ञासा रहन्छ । चैतन्य यात्रामा अघि बढ्न उसले भौतिक दुरी छिचोल्नु पर्दैन, पहाडपर्वत नाघ्नु पर्दैन । उसले आफूलाई ज्ञानप्राप्तिको मार्गमा गतिवान् बनाउँदै जाँदा नयाँ नयाँ चैतन्यधाम अनि चौतारा भेट्टाउँदै जान्छ । यसव्रmममा ऊ आफूलाई विस्तारित र परिष्कृत पनि गराउँदै अगाडि बढ्छ । ऊ झन् झन् ज्ञानवान् र प्रज्ञावान् बन्दै जान्छ । ऊ अन्तरको यात्रामा हुन्छ । यसै अन्तरको यात्रालाई अभियात्रा भन्न सकिन्छ । अर्थात्, मन, चित्त, ज्ञान एवं बुद्धिलाई चैतन्यमय बनाउनु नै अभियात्रा हो भनेर बुझ्न पनि सकिन्छ । 

भौतिक रूपमा गरिने यात्राको निश्चित दुरी हुन्छ, सीमा हुन्छ । निश्चित समय पनि हुन्छ तर अभियात्राका लागि कुनै दुरी वा सीमा हुँदैन, समयको निर्धारण पनि आवश्यक पर्दैन । अभियात्रामा हिँडिरहन उमेर वा शारीरिक वार्धक्यताका कारण उत्पन्न असहजताको अनुभव पनि खासै गरिरहनु पर्दैन । अभियात्राकारले मानसिक तवरमा आफूलाई झन सामथ्र्यवान् पाउँछ । उसको मानसिक वा वैचारिक क्षितिज झन् झन् चहकिलो बन्दै जान्छ । ऊ आफ्नो प्रज्ञाचक्षुद्वारा आफू बाँचेको समय र युगलाई मात्र देख्दैन, भावी युग वा अझ शताब्दीआँै पछिको सम्भावित परिस्थितिलाई पनि देख्दछ । वास्तविक अर्थमा ऊ युगद्रष्टा बन्दछ, भविष्यद्रष्टा बन्दछ । ऊ चेतनाको यात्रामा हिँड्दा हिँड्दा चैतन्यदायी, चैतन्यमयी बन्दछ । ऊ अभियात्राकार बन्दछ । 

अतीतदेखि वर्तमानसम्म यस अभियात्रामा असङ्ख्य यात्री हिँड्दै आए । चैतन्यधामतर्फका अभियात्राकार असङ्ख्य भए । ऋग्वेदका प्रवर्तक मानिएका वेदव्यास मानव इतिहासकै प्रथम महान् अभियात्राकार थिए । त्यस्तै वाल्मीकि, तुलसीदास आदि ऋषिमुनिले आत्मिक ज्ञानको पुनरुत्थान गरे । पुराण, उपनिषद्लगायतका शास्त्र मानव जीवनको शाश्वतता, मर्यादा र पूर्णताका लागि जीवनसूत्रका रूपमा रहेका पाइन्छन् । समयसँगै प्राचीनकालीन सत्य मानिएका पौराणिक ज्ञानका कतिपय सन्दर्भ आधुनिककालका लागि असान्दर्भिक पनि भएका होलान् । तीभित्र पौडिएर जीवनका लागि प्रज्ञानका मोती बटुल्नु अभियात्राको प्राप्ति वा उपलब्धि हो । 

‘मीठो लाग्छ मलाई ता प्रिय कथा प्राचीन संसारको’ (शाकुन्तल, देवकोटा) । प्रज्ञान प्राप्तितर्फको अभियात्रामा हिँडेर निकै पर र माथिसम्म पुगे महाकवि देवकोटा । उनी पुगेको चुलीलाई बाँकी नेपाली साहित्य जगत् तलबाट गर्वसाथ सम्मानित नजरले हेरिरहेको छ । मानव जीवन स्वयम्मा एक अभियात्रा हो । यसको शारीरिक संरचना प्राकृतिक रूपले नै जटिल छ । शरीर जीवनको आधार हो । शरीर र जीवन भिन्नाभिन्नै आयाम हुन् । शरीरभन्दा जीवनको संरचना कहाँ हो कहाँ व्यापक छ । जीवन बहुआयामिक छ । जीवनको बहुआयामिकतालाई आत्मसात् गर्दै अनि प्रत्येक आयामका सौन्दर्यसँग साक्षात्कार गर्दै जीवन यात्रामा हिँड्नु जीवनको अभ्यर्थना हो, यही नै अभियात्रा पनि हो । 

मानव जीवन बहुआयामिक भएजस्तो ज्ञानजगत् पनि बहुआयामिक छ । हामीले उपयोगमा ल्याएको ज्ञानले हामीलाई पश्चिमेलीभन्दा बढी सांस्कृतिक तुल्याएको अनुभव हुन्छ । यसको तात्पर्य हाम्रा तमाम सांस्कृतिक कर्म पश्चिमेलीद्वारा अवलम्बन गरिँदै आएकाभन्दा बढी जीवनबोधी भएको पनि महसुस गर्न सकिन्छ । आधुनिक ज्ञानका अन्वेषणमा पश्चिम अगाडि रहेको स्विकार्न सकिन्छ तर ज्ञान प्राप्तिको अभियात्रामा हिँडेर हाम्रा प्राचीन समाज वैज्ञानिक र जीवनशास्त्री उहिल्यै पश्चिमभन्दा धेरै माथि पुगिसकेका हुन् । 

हामी आधुनिकता अँगालिरहेछौँ र सँगसँगै प्राचीन शास्त्र वा विज्ञानद्वारा अभिसिञ्चित पनि छाँै । हरेक मुलुकका लागि आफ्नो संस्कृति र सभ्यताको निर्माण हुन शताब्दीऔँ लाग्छ । पुरानो संस्कृतिकै आधारमा वर्तमानको धरोहर उभिएको हुन्छ । हाम्रो चिन्तन एकाएक वर्तमानले मात्र निर्माण गराएको होइन । यसमा कुनै न कुनै तवरले प्राचीनताको, अतीतको वा अघिल्लो पुस्ताको चेतन र चिन्तन शृङ्खला पनि गाँसिएको पाइन्छ । प्रत्येक कालखण्डमा केही न केही नयाँ चिन्तनको निर्माण पनि भइरहेको हुन्छ । हिजोले आजका लागि गरेको र आजले भोलिका निम्ति सञ्चय गर्ने ज्ञान र चिन्तनधारालाई मन्थन गर्दै, त्यसको नवनीतिकरण गर्दै, चम्काउँदै युगान्तरण गर्ने कार्य अभियात्राकारले गर्दै आएका छन् । 

जीवनलाई चौदिशाबाट नियाल्नु पर्छ भन्ने चिन्तन युगौँ पहिलेको हो । नेपाली स्रष्टाले पनि यस चिन्तनलाई सिर्जनामार्फत अभिव्यक्ति दिँदै जीवनलाई यसको गहिराइसहित सम्पूर्णतामा चिन्ने कोसिस गर्नु पर्छ भन्ने आयामेली अभियान चलाएका थिए । आयामेली चिन्तन जीवनको बहुरूपतालाई सिर्जनामार्फत नियाल्नका निम्ति गरिएको आह्वान थियो भनेर पनि बुझ्न सकिन्छ । नेपाली साहित्यको इतिहासमा गरिएका नयाँ नयाँ चिन्तन र नयाँ नयाँ प्रयोग स्रष्टाद्वारा कोरिएका अभियात्राका रेखा हुन सक्छन्, आधार हुन सक्छन् तर ती चिन्तन र प्रयोग धेरै त अङ्कुरण मात्रमा सीमित रहे । कतिपय तिनले सिर्जनात्मक प्रयोगमार्फत जीवन र जगत्को अपरिधीयतालाई अनावरण गर्न नसकेको पनि महसुस गर्न सकिन्छ । साहित्यमा गरिने प्रयोगले सिर्जनात्मक चैतन्यलाई परिधीकरण गर्छ भने त्यसले जीवनको असीमिततालाई स्पर्श गर्न सक्दैन । त्यो एकपक्षीय जीवनयात्रा मात्र बन्दछ, जीवनबोधी अभियात्रा त्यसभन्दा धेरै परसम्म छ । जसरी मानव चैतन्यलाई सीमाङ्कित गर्न सकिन्न, उसरी नै जीवनको अभियात्राको अन्तिम गन्तव्यविन्दु तय गर्न पनि सकिन्न । यो त सधैँ आरोहणशील मात्र रहन्छ, उध्र्वगामी मात्र रहन्छ । 

समय जीवनको अस्तित्वबोध गराउने प्रमुख अमूर्त सूचक हो । अभियात्राले समयलाई पछ्याउँदैन, शाश्वत सत्य र चैतन्यलाई पछ्याउँछ । अभियात्राले सत्यको उत्खनन र अन्वेषण गर्छ, सत्य बहुरूपी छ । जीवनको असीमितता बोधका लागि सत्यको असीमिततालाई बोध गराउनतर्फ लक्षित चैतन्यको यात्रा हो अभियात्रा । फेरि पनि देवकोटीय काव्यांशकै स्मरण हुन आउँछ ः

‘मैलो भैकन भार भूकन बनि उध्रेर जाला भनी

स्वर्गैतर्फ उडी सुनैसुन हुने गाना बन्यो जीवनी ।’ 

 (शाकुन्तल, देवकोटा)

देवकोटाको स्वर्ग चैतन्यधामकै विम्ब हो । जीवनको प्राप्ति त्यही चैतन्यधाममा प्रवेश गर्नु हो । त्यस महायात्रामा हिँड्ने यात्रीका लागि जीवन गाना झैँ सुन्दर बन्दछ । जिजिविषामय कर्महरूको बोझमा थिचिइरहनाले जीवन गाना बन्न सक्दैन । जीवन गीत हो, गाइने तŒव हो । गाइन नसकिने जीवन मैलिन्छ, उध्रिन्छ अनि च्यातिएर बिलाउँछ । देवकोटाले जीवनलाई गानामय देखे, भेटे र गाइरहे । देवकोटीय सिर्जनायात्रा स्वयम् नै एक महान् अभियात्रा हो भन्न सकिन्छ । 

ज्ञानविज्ञानका स्वरूप असङ्ख्य छन् । ती सबै कुनै न कुनै चिन्तनधारामा अडेका छन् । साहित्य जगत् नवीन नवीन चैतन्यधारा निर्माण गरिरहन्छ । साहित्यलाई कलाको उच्चतम स्वरूप मानिँदै आएको छ । साहित्यकै साधनाद्वारा स्रष्टाहरू आफूलाई ज्योतिर्मय बनाउँछन् र जगत्लाई त्यही ज्योतिले सिँगार्दछन् । कलाले जीवनलाई स्पर्श गर्नु पर्छ भन्नुको तात्पर्य कलामा जीवन हुनु पर्छ अनि कला जीवन्त हुनु पर्छ भन्ने नै हो । त्यसैले साहित्य जीवनदायी हुनुपर्ने चिन्तन साहित्यका अग्रणी तपस्वीद्वारा गरिँदै आएको हो । साहित्यमार्फत चेतनाको सिर्जना गर्नु जीवनदायी साहित्यको अभीष्ट रहन्छ । कला साधकहरू सिर्जनाका माध्यमबाट चेतनाको आरोहण गर्दछन्, अभियात्रा गर्दछन् । सिर्जनामा पूर्णता र दिव्यताको चाहना साधकको रहनु स्वाभाविक हुन्छ ः

‘मेरो शिल्पी, यस शकलमा स्वस्थ आकार देऊ

यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ ।’ (कालीगण्डकी, घिमिरे)

सिर्जनाको मूल रहस्यका रूपमा स्रष्टाभित्रै रहन्छ । त्यसलाई साधकले पहिल्याउँछ र सिर्जन तृष्णा मेट्दछ । नयाँ नयाँ सिर्जनामार्फत उसले जीवन कुँद्छ । नयाँ नयाँ सिर्जनासँगै साधक झन् झन् दिव्यतर चेतनधामको उचाइतिर आफूलाई उचाल्दै लैजान्छ । राष्ट्रकवि घिमिरे त्यस्तै उचाइतिरका अभियात्री हुन् । सृष्टि, सौन्दर्य र सुखको स्रोत हृदय हो । मान्छे सृष्टिको सुन्दरतम रचना भएर पनि सुषुप्त छ, निद्रित वा मुच्र्छित एवं निष्व्रिmय छ भने उसकै अन्तरजगत्मा भुलभुलाइरहेको आनन्दलाई पनि अनुभूत गर्न सक्दैन । घिमिरे भन्नुहुन्छ ः 

‘सारा शोभा सकल सुखको एउटै मूल तैँ होस्

मुच्र्छा तेरै हृदय छ भने सृष्टिको भूल तैँ होस् ।’ 

(कालीगण्डकी, घिमिरे)

मुच्र्छित हृदय चेतनाहीन हुन्छ । मैलो वा कलुषित हृदयले सौन्दर्यको आनन्दानुभूति प्राप्त गर्न सक्दैन । हृदयको कलुषिताले मानिसलाई जडवत्, कठोर र मृतप्रायः बनाउँछ । वास्तविक सौन्दर्यलाई आँखाले नभई हृदयले मात्र देख्न सक्छ । जीवन र जगत्को सौन्दर्यारोहण स्रष्टाले नै गर्छन् । महाकवि देवकोटा, कवि शिरोमणि पौड्याल, राष्ट्रकवि घिमिरे, युगकवि सिद्धिचरण, नाट्य सम्राट् सम, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलगायत अरू कैयौँ स्रष्टा साधक नेपाली साहित्याकाशका महान् अभियात्राकार हुन् । उनीहरूको सिर्जनायात्रा स्वयम् नै नेपाली साहित्य सांस्कृतिक अभियात्रा हो, महायात्रा हो । 

अभियात्रा एक आध्यात्मिक यात्रा हो । अध्यात्म भनेको सामाजिक, सांस्कृतिक, राजनीतिक एवं वैयक्तिक तवरमा व्यावहारिक जीवनभित्र सत्यम् शिवम् सुन्दरम्को असीमित प्रतिविम्बन हो । अध्यात्म मानव जीवनभित्र उद्बोधित सत्य हो । त्यही सत्य प्राप्तिहेतु गरिने अन्तःचेतको यात्रा आध्यात्मिक अभियात्रा हो । सुन्दर सिर्जनामा स्रष्टाको आध्यात्मिक चेत घोलिएको पाइन्छ । ज्ञानीका अनुसार आध्यात्मिक यात्रा उज्यालोतिरकै यात्रा हो । ज्ञानदृष्टिसहितको अन्तरारोहणले यात्रीलाई अदृश्यभित्रका रहस्यको अन्तहीन भण्डारमा पु¥याउँछ । त्यहीँबाट उसले मानव जगत्का लागि चहकिला, उज्याला रश्मिको वृष्टि गराउन सक्छ । पूर्वीय वाङ्मयका पौराणिक महापात्रहरू श्रीराम एवं श्रीकृष्ण लौकिक वा पारलौकिक दुवै दृष्टिले पुजनीय रहँदै आएका छन् । पुजित छन् । गीता विश्व मानव समुदायकै लागि ज्ञानको अन्तहीन उज्यालोको स्वर्णधारा हो । ज्ञात मानव इतिहासमा सिद्धार्थ गौतम त्यही महाज्ञान यात्राका एक सर्वश्रेष्ठ यात्री बने । मानव जगत्मा कैयौँ महामना सत्पात्र छन् जसले अन्तरको ज्योतिर्मय महायात्रामा हिँडेर अरूलाई डो¥याइरहेका छन् । 

नेपाली वाङ्मयका क्षेत्रमा अभियात्राकारको सङ्ख्या मनग्गे नै रहेको अनुभव गर्न सकिन्छ । तीमध्ये पनि श्रेष्ठतर अभियात्राकार भने निश्चय नै थोरै छन् । स्रष्टाका सबै सिर्जनाले चिरकालीन नवीनताको अनुभूतिगम्यता, प्रभाव, सौष्टभ र महत्तालाई कायम राखिरहन भने सक्दैनन् । थोरै मात्र स्रष्टा, साधक एवं चिन्तक आआफ्ना सिर्जन अभियात्रामा समयका गर्तलाई छिचोल्दै युगौँयुगसम्म ससम्मान स्मरणीय रहिरहने सामथ्र्य राख्दछन् । समयले सुन्दर र शाश्वत सिर्जनालाई मैलाउन सक्दैन । युगौँयुग बाँचेर अनेकौँ पिँढीलाई सिर्जना, चेतना र सत्यको प्रेरणा जगाइरहने साहित्य नै ‘अभियात्रा’ हो भनेर बुझ्न सकिएला । 

म उज्यालो खोज्दै झ्यालबाट बाहिर हेर्छु तर आफैँलाई केहीबेर चियाएर हेरेको भने छैन । म अरूको अँध्यारो कहाँ छ भन्दै पछ्याउँदै हिँड्छु, आफूभित्र मडारिएको निष्पट्ट शून्यतालाई भने छामेको छैन । म दृश्यमा आनन्दको खोजी गर्दै भूगोल चहार्न खोज्छु, आफैँभित्र अनि आफ्नै वरिपरि लुकिरहेका अनेकाँै रहस्यलाई म देख्दिनँ । म पैतालाको यात्रामा रमाउँदै गीत गाउँदै हिँड्छु, हृदयको यात्रामा हिँडेर भेटिने झङ्कार म सुन्दिनँ । त्यसो भए यी ख्याउटे अक्षरको यस अङ्गुले सुर्कोमा उभिएर अभियात्राको बीज पहिल्याउन खोज्नु धृष्टता नभए के होला त !