• ९ मंसिर २०८१, आइतबार

बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण

blog

बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुहुँदै खानेपानीमन्त्री, तस्विर –सुजन गुरुङ

काठमाडौं, वैशाख ११ गते । बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ । केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएकाे थियाे ।

मुहान सफा गरेपछि मेलम्चीकाे पानी यहाँ  पुनः वितरण गरिएको हो ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि.सं २०५६ सालमा देख्नुभएको सपना विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी आइपुगेको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गर्नुभएको हो ।