• १९ असार २०८१, बुधबार

स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १० गते ।
स्थानिय तहको निर्वाचनमा स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् ।  जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।

अतिसंवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरिएको छ । १९९ मतदान केन्द्र रहेको स्याङ्जामा ७३ मतदान केन्द्र अतिसंवेदनशील, ७३ संवेदनशील र ५३ सामान्य मतदान केन्द्र रहेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको बताउनुहुँदै प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको बताउनुभयो ।

सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय निर्वाचन २०७४ मा चरण चरणमा निर्वाचन हुँदा सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको बताउनुहुँदै खनालले घोषित निर्वाचनमा सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या थपिएको बताउनुभयो ।

एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ भने केन्द्रसँग पनि जनशक्ति माग गरिएको स्थानीय प्रशासनले जनाएको छ ।