• १३ असोज २०८१, आइतबार

वास्तुकलाका ज्ञाता वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, वैशाख १० गते । चित्र, संगीत तथा वास्तुकलाका ज्ञाता हरिप्रसाद वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित हुनुभयो ।

वैद्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लाइफ टाइम एचिभमेण्टबाट सम्मान गर्नुभएको हो ।

वैद्य देशको गौरव, राष्ट्रिय अस्तित्व र पहिचानको संरक्षण गर्न निस्वार्थ भएर ८६ वर्षको उमेरसम्म कला क्षेत्रमा निरन्तर रुपमा अगाडि बढउनुभएको छ ।

चित्र तथा संगीतको धेरै ज्ञाता नभएको बताउनुहुँदै मन्त्री श्रेष्ठले आफू पद धारण गरेको भरमा यस्तो महत्वपूर्ण कार्यक्रमको प्रमुख अतिथि बन्ने क्रम तोडिनुपर्ने बताउनुभयो । उहाँले कार्यक्रमसँग सम्बन्धित विशेष व्यक्तिहरु नै प्रमुख अतिथि बन्ने परिपाटी बन्नुपर्छ भन्ने विचार प्रस्तुत गर्नुभयो । 

मन्त्री श्रेष्ठले वैद्यको एकल चित्रकला प्रर्दशनीको पनि उद्घाटन गर्नुभएको छ ।

नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने चित्रकलामा विशेष गरी पोट्रेट आर्टहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी शनिबारबाट बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तीन दिनसम्म चल्ने छ ।

मानिसको जीवन चक्र तथा व्यक्ति भाव झल्काउने खालमा चित्रकलाहरुले विशेष स्थान पाएको छ । यो कार्यक्रमको आयोजना १३ तथा १४ वडा नेवा ग्वाहाली पुचःले गरेको छ ।