• १९ असार २०८१, बुधबार

नमुना ढल प्रशोधन केन्द्र निर्माण

blog

तस्बिर : छविलाल पाण्डे रुपन्देहीको सैनामैना–४, शान्तिटोल कर्बलामा निर्माण सम्पन्न भएको ढल प्रशोधन केन्द्र ।

बुटवल समाचारदाता

बुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । 

सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । 

वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । 

नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।