• १६ असार २०८१, आइतबार

पीएसजी उपाधि नजिक

blog

एन्जर्सविरुद्ध गोल गरेपछि खुशी मनाउँदै पीएसजीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा  ३–० गोलले हरायो । पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गर्नुभयो । 

एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । उहाँले अचरफ हाकिमीको पासमा गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । 

दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काएन सकेन ।  जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ ।  दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ । एजेन्सी