• १६ असार २०८१, आइतबार

सिटी फेरि प्रिमियर लिगको शीर्षस्थानमा

blog

ब्राइटनविरुद्ध सहज जित निकालेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ८ गते । म्यानचेस्टर सिटी फेरि इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । 

सिटीलाई जिताउन रियाद महारेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा महारेजले ५३औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । 

जितसँगै सिटीले शीर्षस्थान कब्जा गरेको सिटीले ३२ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अंक सहित १०औँ स्थानमा छ । अर्को खेलमा चेल्सीलाई आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेल्सी आर्सनलसँग ४-२ गोलले पराजित भयो । एजेन्सी