• १६ असार २०८१, आइतबार

कोपा इटालिया : युभेन्ट्स फाइनलमा

blog

फियोरेन्टिनाविरुद्ध गोल गरेपछि युभेन्ट्सका डानिलो । तस्बिर : एएफपी

काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।

युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ  मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । 

त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी