• १६ असार २०८१, आइतबार

एपिएफ महिला गोल्डकपको फाइनलमा

blog

महिला गोल्डकपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै एपएिफ र आर्मीका खेलाडी । तस्बिर : वीवाइसी

काठमाडौँ, वैशाख ८ गते । विभागीय टोली एपिएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार राति भएको सेमिफाइनल खेलमा एपएिफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हरायो । 

एपिएफको जितमा सरु लिम्बुले दुई तथा सावित्रा भण्डारीले एक गोल गर्नुभयो । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काउनुभयो ।  एपिएफकी सरु लिम्बु प्लेयर अफ दि म्याच हुनुभयो । 

वनदेवी युवा क्लब (वीवाइसी) को आयोजनमा जारी प्रतियोगितामा वबहीबार दोस्रो सेमिफाइनलमा आयोजक वीवाइसी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।