• १२ साउन २०८१, शनिबार

'सरुँ सरुँ लाग्यो' म्युजिक भिडियो सार्वजनिक

blog

काठमाडौं, वैशाख ७ गते । निराजन प्रधान र मिरुना मगर अभिनित म्युजिक भिडियो 'सरुँ सरुँ लाग्यो' सार्वजनिक भएको छ । भिडियो  देवीथान नामको युट्यबु च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजेश पुमा राईको निर्देशन रहेको गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र सुमन योञ्जनको लेखन रहेको छ। 

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ । कमल राईले कोरियोग्राफी गर्नुभएको गीतमा सुन्दर नृत्य देख्न सकिन्छ । 

गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने सम्पादन विकास दाहालले गर्नुभएको हो ।