• १६ असार २०८१, आइतबार

आर्मीलाई मुख्यमन्त्री कबड्डी उपाधि

blog

उपाधिसँगै आर्मी टोली । तस्बिर : गोरखापत्र

कैलाली, वैशाख ७ गते । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । धनगढीमा बुधबार भएको फाइनलमा आर्मीले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हरायो । 

उपाधिसँगै आर्मीले एक लाख ५० रुपियाँ पुरस्कार पायो । उपविजेता एफिएफले ८० हजारमा रुपियाँ प्राप्त गर्यो । सेमिफाइनलमा पुगेका सुदूरपश्चिम र लुम्बीनी प्रदेशले ४०/४० हजार रुपियाँ पुरस्कार पाए । 

कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा भएको प्रतियोगिताका विजेता टोली र खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बाेहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।