• १३ साउन २०८१, आइतबार

ओखलढुङ्गामा काँग्रेस र माओवादीबीच चुनावी तालमेत

blog

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख ७ गते ।
ओखलढुङ्गामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल हुने भएको छ ।

जिल्लामा पटक–पटक बसेको सत्ता साझेदार पाँच दलको बैठकमा अरु दलसँग सहमति जुट्न नसकेपछि काँग्रेस र माओवादी केन्द्रबीचमात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।

मङ्गलबार बसेको काँग्रेस–माओवादी ‘वान टू वान’ वार्तामा माओवादीलाई चिशंखुगढी गाउँपालिका प्रमुख, सिद्धिचरण नगरपालिका उप–प्रमुख, मोलुङ गाउँपालिका उप–प्रमुख र चम्पादेवी गाउँपालिका उप–प्रमुखसहित १४ वटा वडा चुनावी तालमेल गर्ने सहमति भएको काँग्रेस ओखलढुङ्गाले जनाएको छ ।

यसबाहेक सुनकोशी, खिजिदेम्बा र मानेभञ्ज्याङ्ग गाउँपालिका प्रमुख, उपप्रमुख काँग्रेस आफैँले लिने भएको छ । लिखु गाउँपालिकाको विषयमा सहमति जुट्न नसकेपछि प्रदेश समितिमा सिफारिस गर्ने निर्णय भएको छ ।

गठबन्धनका अरु दलसँग पनि तालमेलका लागि सहमति जुटाउन छलफल भइरहेको काँग्रेसका एक नेताले जानकारी दिनुभयो । ओखलढुङ्गामा एक नगरपालिका, सात गाउँपालिकासहित ७५ वटा वडा छन् ।