• १६ भदौ २०८१, आइतबार

आकाश र पूजाको ‘स्वर्गकी अप्सरा’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ७ गते ।  स्वर्गकी अप्सरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । कोरियोग्राफर  कविराज गहतराजद्वारा निर्देशित गीतमा दुई कलाकार प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।

दीपक कँडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाउनुभएको भने गीतमा वसन्त कार्कीले सङ्गीत भर्नुभएको छ । गीतमा सङ्गीत संयोजन सुदीप सागरको रहेको छ ।  सौरभ लामाको छायाङ्कन–निर्देशन रहेको गीतलाई अर्जुन जीसीले सम्पादन गर्नुभएको हो ।