• १६ असार २०८१, आइतबार

युनाइटेडमाथि लिभरपुलको सानदार जित

blog

युनाइटेडविरुद्ध गोल गरेपछि लिभरपुलका मोहम्मद सलाह । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ७ गते । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले बलियो प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ४–० गोलले हरायो । लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक एक गोल गर्नुभयो । 

एकपक्षीय खेलमा लिभरपुलले पाँचौँ मिनेटमा गोलको खाता खोलेको थियो । लुइस डियाजले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । २२औँ मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा दुई गोल थपेको लिभरपुलका लागि मानेले ६८औँ र सलाहले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । 

यस जितसँगै लिभरपुलले लिग जित्ने सम्भावना बलियो बनाएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंक सहित दोस्रो स्थानमा छ । हारसँगै ५४ अंक बनाएको युनाइटेड छैटौँ स्थानमा छ । एजेन्सी