• १६ असार २०८१, आइतबार

आयोजक विवाइसी महिला गोल्डकपको सेमिफाइनलमा

blog

महिला गोल्डकपमा प्रतिस्पर्धा गर्दै विवाइसी र कालिका स्पोर्ट्सका खेलाडी । तस्बिर : विवाइसी

काठमाडौँ, वैशाख ७ गते । आयोजक वनदेवी युवा क्लब (विवाइसी) कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार राति भएको खेलमा कालिका स्पोर्ट्स एकेडेमीलाई २–० गोलले हराउँदै विवाइसी अन्तिम चारमा पगेको हो ।

विवाइसीको जितमा दुवै गोल चन्द्रा भण्डारीले गर्नुभयो । चन्द्राले चन्द्राले छैटौँ र ८९औँ मिनेटमा गोल गर्नुभएको थियो । उहाँ वमन अफ दि म्याच समेत चुनिनुभयो । सेमिफाइनलमा विवाइसीले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।  वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा तीन विभागीय सहित आठ टोलीको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।