शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गणेश खनाल
अर्घाखाँची, वैशाख १२ गते। अर्घाखाँचीमा विद्युतीय गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
शीतगङ्गा नगरपालिका-३ राजुबासमा बुधबार दिउँसो लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिह राठौरले जानकारी दिनुभयो।
सन्धिखर्कदेखि बुटवल जाँदै गरेको गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जना गम्भीर रहेको उहाँको भनाइ छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।