• १४ जेठ २०८१, सोमबार

भोजपुर गोल्ड कप : सलहेश सेमिफाइनलमा

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै सलहेश र डागीहाटका खेलाडी । तस्बिर : गोरखापत्र

गोकुल भुजेल

भोजपुर, वैशाख ११ गते । सलहेश युवा क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सदरमुकामस्थित कोदार रङ्गशालामा मङ्गलबार भएको खेलमा सलहेशले डागीहाट फुटबल क्लब मोरङलाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा सलहेशले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सहलेशको जितमा स्टेफेन वेनोङ, फोर्ड फोफोना, स्टेफेन वेनोङ र आदित्य शाक्यले गोल गर्नुभयो । स्टेफेन वेनोङ म्यान अफ दि म्याच हुनुभयो ।